पोखरामा विद्यार्थी कुटपिट गरेर घाइते बनाउने शिक्षक पक्राउ

पाेखरा | जेठ २१, २०८१

पोखरामा विद्यार्थी कुटपिट गरेर घाइते बनाउने शिक्षक पक्राउ

पोखरा:    पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–३२स्थित युनिभर्स ईङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक सुदिप अधिकारीलाई हिजो (आइतबार)पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्कीको रुपा गाउँपालिका–६ घर भई युनिभर्स इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक सुदिप अधिकारीले विद्यार्थीले होमवर्क नगरेको अक्षर नराम्रो भएको भन्दै जेठ १३ विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


उक्त कसुरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्